डिफेन्डिङ च्याम्पियन रियल जितको बाटोमा

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Defending champions Real on their way to victory

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा बुधबार आरबी साल्सबर्गलाई ५–१ ले पराजित गर्दै आफ्नो स्थिति सुधारेको छ । त्यसमा रोड्रिगो र भिनिसियस जुनियरले २-२ गोल गरे ।

यस्तै केयलिन एमबापेले एक गोल गरे । यो जितका बावजुत रियल सात खेलबाट १२ अंकसहित १६ औं स्थानमै मात्र छ । प्रतियोगितामा खराव सुरुआत लिएको रियल अहिले जितको बाटोमा फर्केका हो ।

इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले अर्को खेलमा डायनामो जागरेभलाई ३–० ले हरायो र अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल रह्यो । यस्तै १६ अंकमै चौथो स्थानमा उक्लिनका लागि इन्टर मिलानले स्पार्टक प्रागलाई १–० ले पन्छायो ।

म्यानचेस्टर सिटी भने त्यति भाग्यमानी रहेन् र उसलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४–२ ले स्तब्ध पर्‍यो । यस्तै बायर्न म्युनिक पनि फायनउडको हातबाट ३–० ले पराजित रह्यो ।

अन्य खलमा आरबी लायपजिगले स्पोर्टिङ लिस्वनलाई २–१, साख्तर डोनेस्कले ब्रेस्टलाई २–०, एसी मिलानले जिरोनालाई १–० र सेल्टिकले योङ ब्वाइजलाई १–० ले हरायो ।

कान्तिपुर

Link copied successfully