क्यान युथ कप क्रिकेट हुने

माघ १०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले माघ १५ देखि २२ सम्म युथ कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

आईसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको तयारीका लागि उक्त प्रतियोगिता गर्न लागेको हो । त्यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली छनोट छ । उनीहरूलाई तीन टोली (रेड, ब्लू र ग्रिन) मा विभाजन गरेर खेलाइने छ ।

प्रतियोगिताका खेल भैरहवास्थित निमार्णाधीन एक्ट्राटेक ओभलमा खेलाइने क्यानले जनाएको छ । विश्वकपको एसिया छनोट अप्रिल १२ देखि २१ सम्म नेपालमै आयोजना हुँदै छ । त्यसमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछ । शीर्ष टोलीले विश्वकपमा स्थान बनाउने छ ।

अन्तिम ३६ मा परेका खेलाडीमा अभिषेक तिवारी, दिल साद अली, सोहेल कुँवर, नरेन भट्ट, सूर्यांशु कोइराला, विपिनप्रसाद शर्मा, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरजकुमार यादव, अफ्रुद्दिन रैन, सौजनप्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री रहेका छन् । त्यस्तै आशिष लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदीप अर्याल, दर्श सोनार, क्षितिज थापामगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिश पटेल, आशिक रानामगर, नितेश कुमार रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully