काठमाडौँ — एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बुधबार लगातार आठौं जित निकालेको छ । प्रतियोगिताको अन्तिम लिगमा एपीएफले आमीलाई २–१ ले हरायो ।
अब यिनै दुई टिमबीच प्रतियोगिताको पहिलो क्वालिफायर हुनेछ । लिग चरणका पहिलो र दोस्रो गरेर १७ खेलमा एपीएफ अपराजित रह्यो । यसमध्ये पनि एपीएफ १६ खेलमा लगातार विजयी रह्यो ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको रोमाञ्चक खेल जितेपछि एपीएफको २४ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको आर्मीमाथि स्पष्ट ८ अंकको अग्रता हो । आर्मी १६ अंकमा दोस्रो स्थानमा रह्यो ।
एपीएफको यो जितमा रश्मिकुमारी घिसिङले २३ र कप्तान अनिता बस्नेतले ३८ औं मिनेटमा १/१ गोल गरे । आर्मीका तर्फबाट अमिशा कार्कीले ८३ औं मिनेटमा १ गोल फर्काइन् ।
