काठमाडौँ — वालिङले जितसँगै एन्फा वुमेन्स लिगको मंगलबार सुखद अन्त्य गरेको छ । आफ्नो अन्तिम खेलमा उसले बागमतीलाई ३–१ ले पराजित गरेको छ । दोस्रो चरणमा लगातार सात हारपछि यो वालिङको पहिलो जित हो ।यससँगै उसको ३ अंक भएको छ ।
वालिङको यसअघि नै प्ले–अफ खेल्ने सम्भावना समाप्त भइसकेको थियो । हारका बावजुत बागमतीले भने चौथो स्थानमा रहेर प्ले–अफ खेल्नेछ । बागमती ४ अंकमा सीमित रह्यो ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि सुष्मा तामाङले सानदार ह्याट्रिक गरिन् । उनले ५६, ६८ र ८५ औं मिनेटमा तीन गोल गरिन् । बागमतीले भने सारा लिम्बूको गोलले ३२ औं मिनेटमा अग्रता लिएको थियो ।
अब लिगको अन्तिम खेलमा बुधबार अंक तालिकाको शीर्षमा रहेका दुई टिम एपीएफ र आर्मी भिड्ने छन् ।
