एपीएफको शीर्ष स्थान निश्चित

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Top position of APF fixed

काठमाडौँ —  एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा सोमबार पुलिसलाई २–० ले हराएको छ । यो जितसँगै पाँच टिम सम्मिलित दोस्रो चरणमा एपीएफ शीर्षमा रहने निश्चित भएको छ । एपीएफको यो लगातार सातौं जित पनि हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले एक एक गोल गरे । रश्मिले १७ औं मिनेटमा पहिलो गोल गरिन् । अनिताले दोस्रो हाफको ६४ औं मिनेटमा दोस्रो गोल थपिन् ।

एपीएफको सात खेलबाट २१ अंक छ । उसको पछाडि सात खेलबाट आर्मीको १६ अंक छ । आ–आफ्नो अन्तिम खेलमा यिनै दुई टिम भिड्ने छन् र त्यसको नतिजा जस्तै भए पनि आर्मीले एपीएफलाई उछिन्न सक्ने छैन् । यस्तोमा आर्मी दोस्रो स्थानमै रहनेछ ।

दुवै टिम यसअघि नै क्वालिफायर–वानका लागि छनोट भइसके । पुलिसले भने दोस्रो चरणका आफ्नै सबै आठ टुंग्याएको छ । उसको आठ खेलबाट ११ अंक मात्र भयो । पुलिसले पछिल्ला तीन खेलमा एकै अंक मात्र बटुल्न सक्यो । पुलिसले इलिमिनेटरमा बागतीको सामना गर्नेछ ।

सात दोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले एक एक गोल गरे । रश्मिले १७ औं मिनेटमा पहिलो गोल गरिन् । अनिताले दोस्रो हाफको ६४ औं मिनेटमा दोस्रो गोल थपिन् । 

कान्तिपुर संवाददाता

Link copied successfully