रियल फेरि शीर्ष स्थानमा

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Real again on top

काठमाडौँ — केयलिन एमबापेले गरेको दुई गोलको मद्धतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार लास पाल्मासलाई ४–१ ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ ।

यो जितपछि रियलले आफ्नो छिमेकी एटलेटिको म्याड्रिडलाई दुई अंकले उछिनेको हो । यसअघि एटलेटिको लेगानेसको हातबाट स्तब्धपूर्ण ढंगले पराजित रहेको थियो । बार्सिलोना भने गेटाफेविरुद्ध बराबरीमा रोकिएको थियो ।

लिग तालिकाका तीनै टिमले समान २० खेल खेल्दा रियलको ४६, एटलेटिकोको ४४ र बार्सिलोनाको ३९ अंक छ ।

अन्य खेलमा एथलेटिको बिलबाओले सेल्टा भिगोलाई २–१ ले हरायो र अंक तालिकाको चौथो स्थानमा रह्यो । उसको पनि ३९ अंक नै छ ।

कान्तिपुर

Link copied successfully