नेपोलीमाथि इन्टरको दबाब

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Inter pressure on Napoli

काठमाडौँ — इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार इम्पोलीलाई ३–१ ले हराएको छ र शीर्षमा रहेको नेपोलीमाथि दबाब कायम राखेको छ। अब दुई टिमबीचको दूरी तीन अंक मात्र भएको छ ।

डिफेन्डिङ च्याम्पियन इन्टरले सान सिरोमा प्राप्त गरेको यो जितमा लउटारो मार्टिनेज, डेन्जेल डुमफ्रेज र मार्कस थुरामले दोस्रो हाफमा एक एक गोल गरे ।

नेपोलीको २१ खेलबाट ५० अंक छ । उसको ठीक पछाडि इन्टरको ४७ अंक भएको छ । उसले एक खेल भने कम खेलेको छ । त्यसपछि एटलान्टा ४३ अंकमा तेस्रो स्थानमा छ ।

आइतबारकै अर्को खेलमा लाजियोले हेलास भेरोनालाई ३–० ले हरायो र ३९ अंकमा चौथो स्थानमा रह्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully