सिटी फेरि पुरानै लयमा

माघ ७, २०८१

कान्तिपुर संवाददाता

City is back to the old rhythm

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी फेरि पुरानै लयमा फर्केको छ र उसले आइतबारको खेलमा इपस्विच टाउनलाई सजिलै ६–० ले पराजित गर्‍यो । 

रेलिगेसनको दबाबबाट गुज्रिरहेको इपस्विचविरुद्ध सिटीका लागि फिल फोडेनले दुई गोल गरे । यस्तै एक गोल इर्लिङ हालान्डको नाममा पनि रह्यो ।

यो जितपछि सिटी ३८ अंकमा लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको लिभरपुलसँग १२ अंकको दूरी हो ।

तेस्रो स्थानमा रहेको नटिंघम फरेस्टले पनि साउथह्याम्पटनलाई ३–२ ले हरायो । उसको भने ४४ अंक भएको छ । अन्य खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ३–१ र एभरटनले टोटनहमलाई ३–२ ले हरायो ।

कान्तिपुर संवाददाता

Link copied successfully