अरूको नतिजाले लिभरपुललाई फाइदा

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Other results benefit Liverpool

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई एस्टन भिल्लाले २–२ को बराबरीमा रोकेको छ भने न्युकासल युनाइटेड बर्नमाउथको हातबाट ४–१ ले पराजित रह्यो । यी नतिजाले उपाधि होडमा रहेको लिभरपुललाई फाइदा पुगेको छ ।

लिभरपुल आफैले अर्को खेलमा ब्रेन्टफोर्डलाई २–० ले हरायो । खेल बराबरीतर्फ अग्रसर रहेको बेला लिभरपुलका लागि डारविन नुनेजले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गरे ।

इमिरट्सेमा भने आर्सनलले दुई गोलको अग्रता गुमाएको हो । उसका लागि ग्याब्रिएल मार्टिनेली र काइ हार्भटेजले गोल गरेका थिए । भिल्लाका लागि त्यसपछि योरी टेलेमान्स र ओली वाटकिन्सनले गोल गरे ।

बर्नमाउथका लागि भने जस्टिन क्लुभर्टले ह्याट्रिक गरे । यी नतिजापछि लिभरपुल २१ खेलबाट ५० अंकसहित शीर्षमा कायम रह्यो भने आर्सनलको २२ खेलबाट ४४ अंक भएको छ । यस्तै न्युकासल २२ खेलबाट ३८ अंकमै सीमित रह्यो । 

कान्तिपुर

Link copied successfully