खो खो विश्वकप : नेपाली पुरुष टिम पनि उपविजेतामै

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Kho Kho World Cup: Nepali men's team is also runner-up

काठमाडौँ — नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ ।

इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग पराजितपछि  दोस्रो स्थानमै खुम्चिएको हो । नेपालले ५४–३६ स्कोरले पराजित भएको हो ।

केहीबेर अघि सम्पन्न महिलातर्फको फाइनलमा पनि नेपाली टिम भारतसँग नै पराजित भएको थियो । भारतले फाइनल खेल ७८–४० ले जितेको थियो ।

कान्तिपुर

Link copied successfully