एटलान्टामाथि नेपोलीको महत्त्वपूर्ण जित

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Important win for Napoli over Atalanta

काठमाडौँ — नेपोलीले इटालीको सिरी ए मा शनिबार एटलान्टामथि ३–२ को रोमाञ्चक जित निकालेको छ । उपाधि होडमा रहेका दुई टिमबीचको यो नतिजा पछि महत्त्वपूर्ण र निर्णायक हुन सक्नेछ ।

लिग तालिकाको शीर्षमा रहेको नेपोलीका लागि रोमेलु लुकाकुले ७८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि नेपोलीको २१ खेलबाट ५० अंक भएको छ । एटलान्टना समान खेलबाट ४३ अंकमा तेस्रोमा स्थानमा छ ।

डिफेन्डिङ च्याम्पियन इन्टर मिलान भने ४४ अंकमा दोस्रोमा छ र उसले १९ खेल मात्रै खेलेको छ । शनिबारको अर्को प्रमुख खेलमा युभेन्ट्सल एसी मिलानमाथि २–० को प्रभावशाली जित निकाल्यो । युभेन्ट्स ३७ अंकमा चौथो स्थानमा पनि उक्लेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully