बार्सिलोनाको गेटाफेसँग बराबरी

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Barcelona draw with Getafe

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग शनिबार १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले अंक तालिकाको शीर्षमा रहेको एटलेटिको म्याड्रिडले बेहोरेको हारको फाइदा लिन सकेन ।

बार्सिलोनाबाट २० खेलबाट ३९ अंक भएको छ भने एटलेटिको समान खेलबाट ४४ अंकमै कायम रह्यो । यो पाँच अंकको दूरी हो । बार्सिलोनाले जुलेस कोन्डको गोलले अग्रता लिएपछि गेटाफेका लागि मउरो अराम्बारीले बराबरी गोल फर्काए ।

एटलेटिकोलाई भने लेगानेसले १–० ले स्तब्ध पारेको हो । त्यस खेलमा एक मात्र निर्णायक गोल माटिजा नास्टाचिसले ४९ औं मिनेटमा गरे । यो नतिजाले रियल म्याड्रिडलाई फाइदा पुग्ने छ । रियलको १९ खेलबाट ४३ अंक छ र दोस्रो स्थानमा छ ।

कान्तिपुर

Link copied successfully