प्रथम खो खो विश्वकप : नेपाली महिला टिम उपाधि नजिक

माघ ५, २०८१

कान्तिपुर संवाददाता

First Kho Kho World Cup: Nepali women's team is close to the title

काठमाडौँ — भारतको नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा पुगेको छ ।

इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा नेपालले युगान्डाविरुद्धको सेमिफाइनलमा जित पाएपछि ऐतिहासिक रूपमा फाइनल यात्रा गरेको हो । नेपाली महिला टिमले ८९–१८ स्कोरमा सफलता पाएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको छ ।

फाइनलमा नेपालले आयोजक भारत र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘सी’ मा नेपालले जर्मनीलाई ७४–३४ ले, भुटानलाई ८३–२४ ले, श्रीलंकालाई ११०–१० ले र बंगलादेशलाई ८३–२४ ले हराएको थियो । क्वाटरफाइनलमा नेपालले इरानमाथि १०३–८ को जित पाएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully