पुलिससँग बागमतीको बहादुरीपूर्ण बराबरी

माघ ५, २०८१

कान्तिपुर संवाददाता

Bagmati's brave par with the police

काठमाडौँ — बागमतीले एन्फा वुमेन्स लिगमा शनिबार पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी खेलेको छ । यो यस्तो नतिजा रह्यो, जसले बागमतीलाई प्ले–अफको नजिक पनि पुर्‍याएको छ । पुलिसको भने क्वालिफायर–वान खेल्ने सम्भावना कमजोर बनाएको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले विभागीय प्रतिद्वन्द्वी पुलिसको आक्रमणलाई निस्तेज मात्र पारेन, आफ्नो आक्रमणलाई कायम राख्न पनि सफल रहेको थियो । लिगको पहिलो चरणमा पुलिसले चन्द्रपुरसँग पनि गोलरहित बराबरी नै खेलेको थियो ।

यो नतिजापछि बागमतीको चार अंक भएको छ र चौथो स्थानमा छ । यो पाँचौं तथा अन्तिम स्थानमा रहेको वालिङसँग चारै अंकको दूरी हो । पुलिस भने ११ अंकमा तेस्रो स्थानमा रह्यो । बराबरीले गर्दा पुलिससामु इलिमिनेटर खेल्नु पर्ने बाध्यता आउने निश्चित जस्तै देखिएको छ ।

अब आइतबार हुने खेलमा आर्मीले वालिङको सामना गर्नेछ । त्यसको नतिजाले प्ले–अफ खेल्ने चार टिम र तिनको वरीयता निश्चित गर्नेछ । 

कान्तिपुर

Link copied successfully