इसान कपमा लिभिङ वर्ल्ड र नेपालय विजेता

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Living World and Nepalaya winners in Isan Cup

काठमाडौँ — लिभिङ वर्ल्ड र नेपालय पब्लिकले ११ औं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । लिभिङ ब्वाइज तथा नेपालय गर्ल्समा च्याम्पियन भए ।

नेपालय पब्लिक स्कुलमा ब्वाइज फाइनलमा लिभिङ वर्ल्डले होली एन्जल्सलाई १–० गोलले हरायो । झुमिक लोमीले निर्णायक गोल गरे । माउन्ट एभरेस्टले नेपालयलाई १–० गोलले हरायो ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा नेपालयले सुनौलो भविष्यमाथि ५–० को सहज जित दर्ता गर्‍यो । विनु मगरले ह्याट्रिक र मनीषा सुनुवारले २ गोल गरे । लिभिङ वर्ल्डले अल्माइटी मोडललाई हराएर तेस्रो भयो ।

ब्वाइजमा लिभिङ वर्ल्डका सुन्दर गुरुङ उत्कृष्ट खेलाडी, लिभिङ वर्डका ग्याट्सो गुरुङ सर्वाधिक गोलकर्ता (५ गोल), होली एन्जल्सका सन्देश थिङ उत्कृष्ट डिफेन्डर तथा लिभिङ वर्ल्डका फिलिप लोमी उत्कृष्ट गोलरक्षक बने ।

गर्ल्समा नेपालयकी मनीषा सुनुवार उत्कृष्ट खेलाडी, नेपालयकी शिखा शाह उत्कृष्ट डिफेन्डर, लिभिङ वर्ल्डकी सलोनी राई उत्कृष्ट गोलरक्षक र नेपालयकी बिनु मगर (७ गोल) सर्वाधिक गोलकर्ता भए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, नेपालयका निर्देशक बुद्ध श्रेष्ठ, इसानका पूर्व अध्यक्ष बालमुकुन्द कार्कीलगायतले पुरस्कृत गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully