वालिङमाथि एपीएफको ठूलो अन्तरको जित

माघ ४, २०८१

कान्तिपुर संवाददाता

APF wins by a wide margin over Walling

काठमाडौँ — रश्मिकुमारी घिसिङ ह्याट्रिकको मद्दतले एपीएफले एन्फा वुमेन्स लिगमा शुक्रबार वालिङमाथि ठूलो अन्तरले पराजित गरेको छ । रश्मिले चार गोल गरिन् र सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ सजिलै १०–० ले विजयी रह्यो ।

रश्मिले ७, ८, ५४ र ५९ औं मिनेटमा गोल गरिन् । यस्तै सरु लिम्बू र सविता रानामगरले २/२ गोल गरिन् । सरुले २३ र २७ औं मिनेटमा गोल गरिन् भने सविताबाट ८३ र ८५ औं मिनेटमा गोल निस्केको हो ।

यस्तै प्रीति राईले २० तथा रेनुका नगरकोटेले २४ औं मिनेटमा पनि गोल गरे । यो जितपछि एपीएफको १८ अंक भएको छ र शीर्षमा छ । वालिङ बिना कुनै अंक पुछारमा छ । 

कान्तिपुर

Link copied successfully