आर्सनलले छोट्यायो लिभरपुलसँगको दूरी

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Arsenal closed the gap with Liverpool

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको लिभरपुलसँगको दूरी बुधबार चार अंकमा छोट्याएको छ । यसका लागि उसले उत्तरी लन्डन डर्बीमा टोटनहमलाई २–१ ले हरायो ।

 आर्सनलले एक गोलले पछाडि रहेको स्थितिबाट यो खेल जितेको हो ।

इमिरेट्समा सन ह्वेङ–मिनले २५ औं मिनेटमा पहिलो गोल गरे । खेलले ४० औं मिनेटमा छुँदा डोमिनिक सलान्केले आत्मघाती गोल गरे र खेल बराबरीमा पुगेको थियो । त्यसपछि लियानड्रो ट्रोसार्ड ४४ औं मिनेटमा आर्सनलका लागि निर्णायक गोल गरे ।

सेन्ट जेम्स पार्कमा भएको अर्को खेलमा लयमा रहेको न्युकासल युनाइटेडले उल्भसलाई सजिलै ३–० ले हरायो र त्यसमा एलेक्जान्डर इसाकले दुई गोल गरे । यो जितसँगै न्युकासल ३८ अंकमा चौथो स्थानमा उक्लेको छ ।

यस्तै क्रिस्टल प्यालेसले लेस्टरलाई २–० ले हरायो । लिगमा लगातार छैटौं हारले लेस्टरमाथि रेलिगेसन दबाब बढेको

कान्तिपुर संवाददाता

Link copied successfully