दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Adoption of the logo and mascot of the 10th National Games

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबारको बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा ११९ औं बोर्ड बैठक बसेको हो । बैठकले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको राखेपले जनाएको छ ।

एनओसीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल संघले राखेपसमक्ष उचित कारण र आधारविना पेस गरिएको स्पष्टीकरणमा थप आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको राखेप सदस्य–सचिव टंकलाल घिसिङले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully