युभेन्ट्ससँग एटलान्टाको रोमाञ्चक बराबरी

माघ २, २०८१

कान्तिपुर संवाददाता

Atalanta's thrilling draw with Juventus

काठमाडौँ — एटलान्टाले इटालीको सिरी ए मा मंगलबार युभेन्ट्ससँग १–१ को रोमाञ्चक बराबरी खेलेको छ । यो नतिजापछि एटलान्टा शीर्षमा रहेको नेपोलीसँग चार अंकको दूरीमा रह्यो । नेपोलीको ४७ अंक छ ।

डिफेन्डिङ च्याम्पियन इन्टर मिलान भने ४३ अंकमै तेस्रो स्थानमा छ । युभेन्ट्स ३४ अंकमा पाँचौं स्थानमा कायम रह्यो । एटलान्टाका लागि खेल सकिन १२ मिनेट अगाडि माटेओ रेटेगुईले बराबरी गोल गरे ।

यसअघि युभेन्ट्सले पिएरे कालुलुको गोलले अग्रता लिएको थियो । यसअघि एसी मिलानले कोमो १९०७ लाई २–१ ले हरायो । यो जितपछि मिलान ३१ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।

मिलानले एक गोलले पछाडि रहेको स्थितिमा यो महत्त्वपूर्ण जित निकालेको हो । 

कान्तिपुर

Link copied successfully