झापाको चुलाचुली र तीनपोखरी फाइनलमा

माघ १, २०८१

कान्तिपुर संवाददाता

Jhapa's Chulachuli and Tinpokhri in the final

संखुवासभा — झापाको चुलाचुली क्लब खाँदबारीमा भइरहेको तीनपोखरी आमन्त्रित फुटबलको फाइनलमा प्रवेश गरेको छ । चुलाचुलीले सोमबार खाँदबारी रंगशालामा भएको दोस्रो सेमीफाइनलमा एपीएफ कोशी प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्‍यो । 

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । चुलाचुलीले मंगलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक तीनपोखरीले मोरङको बुल्स ११ लाई १–० गोलले पराजित गरेको थियो । तीनपोखरीका तर्फबाट अविशेषकुमार खड्काले गोल गरेका थिए । 

८ क्लब सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २ लाख २५ हजार रुपैयाँ र उपविजेताले १ लाख १० हजार पाउने छन् । 

कान्तिपुर

Link copied successfully