हरमटारी च्याम्पियन

माघ १, २०८१

कान्तिपुर संवाददाता

Harmatari Champion

गोरखा — सहिद लखन गाउँपालिका–६ घैरुङस्थित पिपलछापमा भएको हिमालय देवी कप फुटबल प्रतियोगिताको उपाधि सदरमुकामको हरमटारी क्लबले जितेको छ ।

मंगलबार भएको फाइनलमा हरमटारीले राइनस ब्याईजलाई पेनाल्टीमा ५–३ गोल अन्तरले पराजित गर्‍यो । 

विजेता हरमटारीले १ लाख ५० र उपविजेता राइनस ब्वाईजले ७५ हजार नगद प्राप्त गरेको छ । विजयी टोलीलाई सहिद लखन गाउापालिकाका अध्यक्ष रमेश थापाले पुरस्कार वितरण गरे ।

कान्तिपुर

Link copied successfully