पहिलो खेलमा नेपाल कीर्गिस्तानको सामना गर्दै

पुस २९, २०८१

कान्तिपुर संवाददाता

In the first match, Nepal faced Kyrgyzstan

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार वुमेन्स फोर नेसन्स कपको खेल तालिका जारी गरेको छ । त्यस अनुसारले नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ । सहभागी हुने अन्य दुई टिममा म्यानमार र लेवनान रहेका छन् । 

खेल तालिकाअनुसार फागुन ५ को पहिलो खेलमा म्यानमारले लेवनानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने त्यस दिनको खेलमा नेपाल किर्गिस्तानसँग भिड्ने छ । यस्तै फागुन ८ मा किर्गिस्तान र म्यानमार तथा नेपाल र लेवनान खेल्नेछन् । 

फागुन ११ को खेलमा कीर्गिस्तान र लेवनान तथा नेपाल र म्यानमारबीच खेल हुनेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिम फाइनल हुनेछ । फाइनल फागुन १४ मा हुनेछ । 

प्रतियोगिता एएफसी वुमेन्स एसियाकप २०२६ को छनोटको तयारीका रूपमा रहेको छ ।

In the first match, Nepal faced Kyrgyzstan

कान्तिपुर

Link copied successfully