राष्ट्रिय क्लाइम्बिङ स्पोर्ट्स च्याम्पियनसिप हुने

पुस २८, २०८१

कान्तिपुर संवाददाता

National Climbing Sports Championship

काठमाडौँ — नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघको आयोजनामा राष्ट्रिय क्लाइम्बिङ स्पोर्ट्स च्याम्पियनसिप चैतमा हुने भएको छ । प्रतियोगिता चैत ८ र ९ दुईदिने हुनेछ र यसमा लिड र बोल्डर गरेर दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्ट्रिय क्लाइम्बिङ स्पोर्ट्स महासंघको नियम र मापदण्ड अनुसार हुने प्रतियोगितामा १४ वर्षमाथिका खेलाडीको सहभागिता रहनेछ । महिला र पुरुषतर्फ फाइनल चरणको प्रतिस्पर्धापछि अंकको आधारमा विजेता खेलाडीको घोषणा गरिनेछ ।    

कान्तिपुर संवाददाता

Link copied successfully