कागलिरीसँग घरमा मिलानको बराबरी

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Milan draw at home to Cagliari

काठमाडौँ — सर्जियो कोसेकोले एसी मिलान प्रशिक्षकका रूपमा शनिबार इटालीको सिरी ए मा सानसिरोमा डेब्यु गरेका छन् । तर उनका लागि यो सुखद रहेन । र, खराब खेलिरहेको कागलिरीसँग १–१ को निराशाजनक बराबरी खेल्यो ।

युभेन्ट्सले भने डर्बी खेलमा टुरिनोसँग १–१ मै चित्त बुझायो । साउदी अरेबियामा भएको इटालियन सुपरकप उपाधि जिते यता मिलान उत्साहित रहेको थियो । तर उसले त्यस्तै प्रदर्शन घरमा भएको खेलमा दोहराउन सकेन् । लिगमा मिलानको प्रदर्शन लगातार खराव रहेको छ ।

मिलानले एल्भारो मोराटाको गोलले ५१ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसको चार मिनेटपछि नै नादिर जारेटीले कागलिरीका लागि बराबरी गोल फर्काए । त्यस अगाडि एटलान्टाले उडिनेजीसँग पनि गोलरहित बराबरी खेलेको थियो ।

यससँगै एटलान्टना अंक तालिकाको शीर्ष स्थानमा उक्लिन असफल रह्यो । लिग तालिकामा नेपोली ४४ अंकमा शीर्ष स्थानमा छ भने उसको पछाडि एटलान्टाको ४२ अंक छ । मिलान २८ अंकमा आठौं स्थानमा संघर्षरत रहेको छ । 

कान्तिपुर

Link copied successfully