काठमाडौँ — आयोजक कुसुन्ती क्लब ‘बी’ र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
जावलाखेल फुटबल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १–१ गोल गरे । थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे ।
अर्को सेमिफाइनलमा बीबीसीले जोरपाटी एफसीलाई १–० गोलले हरायो । बीबीसीबाट नवीन न्यौपानेले गोल गरे । फाइनल सोमबार हुनेछ ।
