सिटीसँगै ठूला प्रमुख टिम विजयी

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Big team wins with City

काठमाडौँ — म्यानचेस्टर सिटीले एफएकपमा शनिबार सालफोर्डलाई एफएकपमा सजिलै ८-० ले हराएको छ । सिटीसँगै ठूला प्रमुख टिम विजयी रहे र प्रतियोगिताको चौथो चरणमा पुगे । लिभरपुलले पनि एक्रिङटन स्टानलीलाई ४-० ले पराजित गर्‍यो ।

यस्तै चेल्सीले मोरेकम्बमाथि ५-० को जित रच्यो । इंग्लिस प्रिमियर लिग क्लबमध्ये हार बहोर्ने ब्रेन्टफोर्ड मात्र एक्लो टिम रह्यो । उसलाई च्याम्पियसिपमा संघर्षरत प्लेमाउथले १-० ले स्तब्ध पार्‍यो । त्यसमा मोर्गन विटकरले निर्णायक गोल गरे ।

सिटीका लागि जेम्स म्याकटीले ह्याट्रिक गरे । सालफोर्ड म्यानचेस्टर युनाइटेडका पुराना खेलाडी डेविड बेकह्याम, ग्यारी र फिल नेभिल, पउल स्कोल्स, रायन गिग्स र निकी बटको लगानी रहेको टिम हो ।

लिभरपुल भने ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको कप्तानीमा मैदानमा उत्रेको थियो र उनको प्रदर्शन प्रभावशाली रह्यो । अन्य खेलमा ब्राइटनले नरविचलाई ४-० र बर्नमाउथले वेस्ट ब्रुमलाई ५-१ ले हरायो । 

कान्तिपुर संवाददाता

Link copied successfully