तीनपोखरी कप : बुल्स ११ र चुलाचुली सेमिफाइनलमा

पुस २७, २०८१

दीपेन्द्र शाक्य

Tinpokhri Cup: Bulls 11 and Chulachuli in semi-finals

संखुवासभा — मोरङको बुल्स ११ र चुलाचुली झापा खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा शीत्तलपाटी फुटवल क्लबलाई २–१ गेलले हराउँदै बुल्स ११ सेमिफाइनलमा पुगेको हो ।

बुल्सका तर्फबाट रोशनकुमार माझीले दोस्रो हाफको ७ औं मिनेटमा र ३० औं मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । 

शीत्तलपाटीका तर्फबाट पहिलो हाफको ३० औं मिनेटमा विजय भूजेलले गोल गरेका थिए । 

शनिबारको अर्को खेलमा एड्भान्सको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा बसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । ३० औं मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी बनाए । दोस्रो हाफको ११ औं मिनेटमा तीर्थ बस्नेतले अर्को गोल थपेर टिमलाई अग्रता दिलाएका थिए । 

त्यस्तै, एपीएफ कोशी प्रदेश र आयोजन तीनपोखरी क्लब पनि सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा जिल्ला बाहिरका ३ र जिल्ला भित्रका ५ क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार पाउने छन् । 

सेमिफाइनलिस्ट दुई टिमले नगद जनही २५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगिताको फाइनल माघे संक्रान्तिको दिन हुनेछ । 

दीपेन्द्र

Link copied successfully