काठमाडौँ — आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको कोलम्बो जाने भएको छ ।
जनवरी १३ देखि २३सम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा विश्वविशेष डल्लाकोटी र साङ्गे रोकाया तथा महिलामा शिभाली गुरुङ र साल्भी शेरचन छन् । प्रशिक्षकमा छेवाङ लामा छन् । टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले शुक्रबार बिदाइ गरे ।
