बीबीसी मेयर कप भेट्रान फुटबलमा विजयी

पुस २६, २०८१

कान्तिपुर संवाददाता

BBC Mayor's Cup wins in veteran football

काठमाडौँ — बीबीसी भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा पुगेको छ । बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित गर्‍यो ।

कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा एफसी सिलिन्क हेटौंडा भेट्रानले फ्रिडम फाइटर ‘ए’ १–० तथा जोरपाटी एफसीले कुपन्डोल फ्रेन्ड्स भेट्रान र बिजी फुटसल भेट्रानले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ । क्वाटरफाइनलमा थर्डआई भेट्रान र आईयूएफसी, जोरपाटी र सिलिन्क, आयोजक कुसुन्ती ‘बी’ र चावहिल भेट्रान तथा बीबीसी र बीजीबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully