बैतडी विजेता

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Baitadi winner

दार्चुला — बैतडीले बिहीबार प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेटको उपाधि जितेको छ । बिहीबार फाइनलमा कञ्चनपुरलाई ६ विकेटले पराजित हरायो । जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले ७२ रनको लक्ष्य १२.२ ओभरभित्र ४ विकेट क्षतिमा पूरा गरेको थियो ।

कप्तान रितु कनौजियाले २२ र जानकी १४ बनाए । दुवै अविजित रहे ।

दशरथचन्द क्रिकेट मैदानमा टस हारेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । रेवती धामीले ४१ रन बनाइन् । जानकीले २ विकेट लिइन् । उनी प्लेयर अफ द फाइनल चुनिइन् ।

बैतडीकी कप्तान रितु सर्वोत्कृष्ट खेलाडी भइन् । कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर र बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर हुँदा डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी भइन् । 

कान्तिपुर

Link copied successfully