वालिङलाई हराएपछि बागमतीको प्ले-अफ सम्भावना

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Bagmati's play-off chances after defeating Walling

काठमाडौँ — बागमतीले एन्फा वुमेन्स लिगमा शुक्रबार बालिङलाई २–० ले हराएको छ । यससँगै वालिङको प्ले–अफका लागि छनोट हुने सम्भावना बढेको छ । दोस्रो चरणमा प्राप्त पहिलो जितपछि बागमतीको तीन अंक भएको छ ।

लिगको पहिलो चरणमा समेत गरेर बागमतीको यो चौथो जित हो । वालिङ भने लगातार चौथो हार बहोर्दै शून्य अंकमा पुछारमा रह्यो । दोस्रो चरणमा सहभागी पाँच टिममध्ये शीर्ष चारले प्ले–अफ खेल्नेछ ।

विभागीय तीन टिम अंक तालिकाको शीर्ष तीनमा छन् । त्यसमध्ये एपीएफको नौ तथा आर्मी र पुलिसको सात/सात अंक छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अस्मिता खवासले ५२ औं मिनेटमा पहिलो गोल गरेपछि विष्णुमाया बलले ७५ औं मिनेटमा दोस्रो गोल थपिन् । शनिबार एपीएफ र आर्मीबीच खेल हुनेछ । 

कान्तिपुर

Link copied successfully