लिभरपुलमाथि टोटनहमलाई झिनो अग्रता

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Tottenham slightly ahead of Liverpool

काठमाडौँ — लुकास बेरगभालले गरेको एक मात्र गोलको मद्धतमा टोटनहमले लिगकप सेमीफाइनल पहिलो लेगमा बुधबार लिभरपुललाई १–० ले हराएको छ ।

यो सिजन आर्ने स्लटको लिभरपुलको यो दोस्रो हार मात्रै हो । लिभरपुल सबै खाले प्रतियोगिताका २४ खेलयता पहिलो पटक पराजित भएको हो ।

गत सिजन लिभरपुलले योर्गन क्लोपको नेतृत्वमा लिग कपको उपाधि जितेको थियो । लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन चार मिनेट अगाडि १८ वर्षीय बेरगभालले निर्णायक गोल गरे र यससँगै टोटनहमलाई एक गोलको झिनो अग्रता प्राप्त भएको छ ।

अब फेब्रवरी ६ मा एनफिल्डमा दोस्रो लेगको खेल हुनेछ । यो खेल अगाडि टोटनहमका १० प्रमुख खेलाडी चोट अथवा विरामीका कारण उपलब्ध थिएनन् । यही खेलका क्रममा रोड्रिगो बेटानकुर पनि चोट बोक्दै मैदानमा ढलेका थिए । त्यहीं उनलाई दस मिनेट उपचार गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully