प्रिमियर लिगमा फरेस्टको उडान

अर्को साता लिभरपुललाई पराजित गरेमा फरेस्ट इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा उभिनेछ

पुस २४, २०८१

रोयटर्स

Forest's flight to the Premier League

उल्भस — नुनो स्प्रिरिटो सान्टो भावनामा बग्न चाहँदैनन् । तर, उनी दंग छन् । उनको नटिङ्घम फरेस्टले उत्कृष्ट लय सोमबार पनि कायम राख्यो । फरेस्टले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं निकाल्ने क्रममा उल्भसलाई हरायो ।

टोली उपाधि होडमा कायम रह्यो । फरेस्टको ३–० को जित त्यसै त्यस्तै एकाएक निस्केको पनि थिएन ।

यो सिजन टिमको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जितमा बराबरीसम्म भने रह्यो । फरेस्टले सिजन ९ खेलमा ‘क्लिन सिट’ मात्र राखेको छैन, अब त अंकतालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी ६ अंकमा छोट्याएको छ । संयोग कस्तो भने फरेस्टको अबको प्रतिद्वन्द्वी यही लिरभपुल नै हो । अर्को साता फरेस्टले लिभरपुललाई आतिथ्यता दिँदै छ ।

धेरै अगाडि हैन, अगस्टमा यो खेल अंकतालिकाको शीर्षस्थ टोलीबीचको खेल हुनेछ भनेर अनुमान गरेको भए पत्याउने कोही पनि थिएनन् । संयोग कस्तो छ भने लिभरपुलले यस सिजन एक खेलमात्र हारेको छ । त्यो पनि फरेस्टसँगै ।

फरेस्टले लिभरपुललाई उसकै मैदानमा १–० ले पराजित गरी टोलीका व्यवस्थापक आर्ने स्लटलाई इंग्ल्यान्डमा पहिलो हार चखाएको थियो । आर्सनलभन्दा गोल अन्तरमा मात्र पछाडि रहेर प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा रहेको फरेस्ट त्यही टोली हो, जो गत सिजन १७ औं स्थानमा थियो । मुस्किलले टोलीले रेलिगेसन जोगाएको हो ।

‘यदि फरेस्टले लिभरपुललाई पराजित गर्छ भने टोली उपाधि दौडमा उभिनेछ,’ लिभरपुलका पूर्वकप्तान मेमी कारेघरले भने । हालैको प्रदर्शनले फरेस्टका समर्थकले अर्को सिजनमा युरोपियन प्रतियोगिता खेल्ने सपना देख्न थालेका छन् । सन् १९९५–९६ यता पहिलो फरेस्ट पहिलो पटक युरोपियन प्रतियोगितामा छनोट हुनेक्रममा छ ।

उल्भसविरुद्धको मीठो जितका लागि फरेस्टले धेरै हदसम्म आफ्नो गोलरक्षक माट्ज सेल्सलाई धन्यवाद दिनुपर्छ, किनभने यी खेलाडीले पहिलो हाफमा उत्कृष्ट बचाउ पनि गरेका थिए ।

‘म रमाइलो मानिरहेको छु,’ नुनोले खेलपछि प्रतिक्रिया दिएका छन्, ‘अहिलेसम्म हामीले जति हात पारेका छौं, त्यसका लागि उत्तिकै धेरै मिहिनेत गरेका छौं । यो खेल सजिलो रहेन । उल्भसले आक्रमण बुनेको थियो, त्यसलाई सेल्सले असफल तुल्याएका मात्रै हुन् । मलाई आफ्ना खेलाडीको प्रदर्शनप्रति गर्व छ । उनीहरू आक्रमण बुन्न चाहन्छन् र अगाडि बढेर गोल निकाल्न चाहन्छन् ।’ तर उनी सचेत गराउँदै भन्छन्, ‘फरेस्टका खेलाडीको खुट्टा भुइँमै हुनुपर्छ ।’

पोर्चुगाली प्रशिक्षक नुनोको भनाइ छ, ‘यो लिग असाध्यै धेरै प्रतिस्पर्धात्मक छ । हामीले जहिल्यै पनि उत्तिकै बलिया प्रतिद्वन्द्वीको सामना गर्नुपर्छ । त्यसैले कसैले फूर्ति लगाउनुपर्दैन, चुपचाप बसेकै ठीक छ । हामीले अहिलेसम्म केही जितेका पनि छैनौं । सिजनको अन्त्यसम्म कडा मिहिनेत जारी राख्नुपर्छ । यसले हामीलाई कम्तीमा सुखद गन्तव्यसम्म भने पुर्‍याउने छ ।’

फरेस्टको २० खेलबाट ४० अंक भएको छ । सन् २०१५–१६ मा लेस्टर सिटीले अचम्मसँग उपाधि जित्दा टोलीको स्थिति अहिले फरेस्टको जस्तै थियो । ‘मेरो उद्देश्य जहिले पनि एउटै हुन्छ, हाम्रो काम खेलाडीबाट सक्दो राम्रो प्रदर्शन निकाल्ने हो, सक्दो उनीहरूको प्रदर्शनमा सुधार ल्याउनु हो । हामी प्रशिक्षकको लोभ भनेको यही त हो । खेलाडीले सुधारिएको प्रदर्शन गर्‍यो भने टिमको प्रदर्शन पनि स्वतः राम्रो हुने गर्छ । अनि क्लब पनि राम्रो स्थितिमा हुने गर्छ । त्यसैपछि त हो, सबै खुसी हुने भनेको ।’ उल्भसविरुद्ध मोर्गन गिब्स–ह्वाइट र लयमा रहेका क्रिस उडले पहिलो हाफमै गोल गरे ।

मोलिनेस स्टेडियममा खेलको अन्त्यतिर वैकल्पिक टाइओ एवानियीले तेस्रो गोल गरेका थिए । नुनोलाई के सम्म लाग्छ भने लिभरपुलको सामना गर्दा आफ्ना खेलाडीमा आत्मविश्वास भरिएको हुन्छ । जनवरी १४ मा आफ्नै घरेलु मैदानमा हुने यो खेललाई लिएर खेलाडी उत्साहित छन् ।

नुनो थप्छन्, ‘राम्रो नतिजा आउँदै गर्‍यो भने नै खेलाडीको आत्मविश्वास बढ्ने हो । लिभरपुलको सामना गर्नु अगाडि हाम्रो पूरा ध्यान लुटन टाउनविरुद्ध शनिबार एफए कपको खेलमा हुनुपर्नेछ ।’

रोयटर्स

Link copied successfully