संखुवासभा — दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता खाँदबारीमा माघ २६ देखि हुने भएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर खाँदबारी रंगशालामा हुने फुटबलमा कोशी प्रदेश सशस्त्र प्रहरी, बुल्स ११ भौसाबारी मोरङ, चुलाचुली स्पोर्टिङ क्लब झापा र संखुवासभाका ५ टिम सहभागी हुनेछन् ।
खाँदबारी युथ, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स, शीतलपाटी युथ र आयोजन तीनपोखरी समाज विकास क्लब प्रतिस्पर्धी हुनेछन् । विजेताले २ लाख २५ हजार र उपविजेता १ लाख १० हजार पुरस्कार पाउनेछन् । फाइनल माघ १ मा हुनेछ ।
