सोल्मा र नुनथला फाइनल प्रवेश

पुस २३, २०८१

डम्बरसिं राई

Solma and Nunthala enter the finals

खोटाङ — लफ्याङस्थित रणजीतमान राई खेलमैदानमा जारी मझुवागढी कालिका भगवती फुटबल प्रतियोगितामा सोल्मा स्पोर्ट्स क्लब र नुनथला स्पोर्ट्स क्लब फाइनल प्रवेश गरेका छन् ।

मंगलबार भएको सेमिफाइनल खेलमा सावाकटहरेलाई ५–१ ले हराउँदै सोल्मा र नेर्पा स्पोर्टस् क्लबलाई ३–० ले पराजित गर्दै नुनथला फाइनल प्रवेश गरेका हुन् । 

सोल्मा र नुनथला बीचको फाइनल खेल बुधबार हुने छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको आयोजना तथा नमुना स्पोर्टस् क्लब लफ्याङको सहआयोजनामा भएको खेलको विजेता टिमले १ लाख ५१ हजार एक सय ११ नगद तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ पाउने छ । 

सेमिफाइनलिष्ट दुई टीमले ३५ हजार ५ सय ५५ पाउने आयोजक काजीमान राईले बताएका छन् । ‘विजेता, उपविजेता, सेमिफाइनलिष्टबाहेक विभिन्न विधागत पुरस्कार समेत व्यवस्था गरिएको छ,’ राईले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully