वाग्मतीलाई हराउन पुलिसको संघर्ष

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Police struggle to defeat Wagmati

काठमाडौँ — पुलिसले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा मंगलबार वाग्मतीलाई हराउन संघर्ष गर्नु पर्‍यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वाग्मतीलाई २–० ले हराएको हो । पुलिसले अपेक्षाअनुसार फराकिलो जित निकाल्न सकेन ।

यो जितपछि पुलिसको तीन खेलबाट ७ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा भने उक्लेको छ । पुलिसले लगातार तीनै ‘क्लिन सिट’ पनि राखेको छ । वाग्मतीको भने यो लगातार तेस्रो हार हो र टिम अंकविहीन अवस्थामा छ । तर पनि वाग्मती चौथो स्थानमा छ । उसको पछाडि वालिङ पनि शून्य अंकमै छ । पुलिसको दोस्रो जितमा कप्तान निरु थापा र पूजा रानाले गोल गरे । निरुले खेलको आठौं मिनेटमा पहिलो गोल गरिन् ।

पूजाले भने खेल सकिन आठ मिनेट अगाडि दोस्रो गोल थपिन् । बुधबार वालिङ र आर्मीबीच खेल हुनेछ । 

कान्तिपुर

Link copied successfully