मिलानले जित्यो इटालियन सुपरकप

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Milan won the Italian Super Cup

काठमाडौँ — टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले एसी मिलानले सोमबार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै इटालियन सुपरकपको उपाधि जितेको छ । नयाँ प्रशिक्षकका रूपमा सर्जियो कोन्सेस्को आएयता मिलानले यो उपाधि जितेको हो ।

साउदी अरेबियाको रियादमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन इन्टरले दुई गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज र मेहदी टारेमीको गोलले इन्टर सुरुमै दुई गोलले अगाडि रहेको थियो ।

खेलको ५२ औं मिनेटमा थिएओ हर्नान्डेजले फ्रि–किकबाट मिलानका लागि पहिलो गोल गरे । त्यसपछि अमेरिकी विन्गर क्रिस्टियन पुलिसिचले बराबरी गोल थपे । अब्राहमको गोल दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा सम्भव भएको हो ।

मिलानले कुनै उपाधि जितेको यो सन् २०१६ यता पहिलो पटक हो । उसले इटालियन सुपरकप जितेको भने आठौं पटक हो । 

कान्तिपुर

Link copied successfully