काठमाडौँ — नटिङघम फरेस्टको इंग्लिस प्रिमियर लिग उपाधिमाथि नाटकीय चुनौती सोमबार कायम रह्यो र उसले उल्भ्सलाई ३–० ले हरायो । उसका लागि मोर्गन गिब्स–ह्वाइट र लयमा रहेका क्रिस उडले पहिलो हाफमै गोल गरे ।
मोलिनेस स्टेडियममा खेलको अन्त्यतिर सब्टिच्युट टाइओ एवानियीले तेस्रो गोल गरे । यससँगै फरेस्ट शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरीमा रह्यो । अब उसले लिगमा लिभरपुलकै सामना गर्नेछ । फरेस्टको २० खेलबाट ४० अंक भएको छ ।
दोस्रोमा रहेको आर्सनलको पनि समान ४० अंक छ र लन्डन क्लब गोल अन्तरले मात्र अगाडि रहेको हो । हारका बावजुत उल्भ्स रेलिरगेसन क्षेत्रबाट बाहिर रह्यो । नयाँ प्रशिक्षकका रूपमा भिक्टर परेरा आएयता उल्भ्यसको यो पहिलो हार हो ।
उल्भ्स १६ अंकमा १७ औं स्थानमा छ । नुनो इस्पिरिटो सान्टु आएयता यो सिजन फरेस्टले अविश्वसनीय ढंगले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
