काठमाडौँ — आयोजक कुसुन्ती युवा क्लब ‘ए’ ले दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ । जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले हरायो ।
फ्रिडम ‘ए’ ले सैंबु भेट्रानलाई ५–०, फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १–० र आईयूएफसी भेट्रानले केभीसी ३२ लाई ३–० गोलले हराए ।
प्रतियोगिताको अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसीले उद्घाटन गरे । प्रतियोगितामा ३० टिम सहभागी । विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र म्यान अफ द सिरिजलाई जनही ५ हजार प्रदान गरिनेछ ।
एट ए साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथि ४, ४५ वर्षमाथि ३ र ५० वर्षमाथिका १ खेलाडी सामेल गर्नुपर्नेछ । फाइनल पुस २९ मा हुनेछ ।
