१७औं धर्मश्री शारीरिक सुगठन चैतमा, विजेताले १२ लाख जित्ने

पुस २२, २०८१

कान्तिपुर संवाददाता

On the 17th Dharmashree Physiological Sugathan Chait, the winner will win 12 lakhs

काठमाडौँ — शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्रीको १७ औं संस्करण पुरस्कार र सहभागिताका कारण अहिलेसम्मकै ठूलो हुने भएको छ ।

नेपाल व्यायाम मन्दिरले धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत ७ देखि ९ सम्म प्रज्ञा भवन कमलादीमा आयोजना गर्ने भएको छ ।

बडिबिल्डिङका झन्डै ६ सय खेलाडीले भाग लिने प्रतियोगिता पहिलोपल्ट तीन दिन हुन लागेको हो । चैत ७ मा वेइङ, ८ मा प्रि–जजिङ र चैत ९ मा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । धेरै प्रतिस्पर्धीका कारण दुई दिनबाट तीन दिन गर्नुपरेको आयोजक व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए ।

धर्मश्रीसँगै कामनपाका पूर्वमेयर पीएल सिंहको नाममा मेन्स फिजिक्स १७० सेमिमुनि र १७० सेमिमाथि, महिला बडीबिल्डिङ खुला र ५० वर्षमाथि खुला मास्टर शारीरिक सुठगन प्रतियोगिता पनि आयोजना हुनेछ ।

आयोजकले यस पटक पुरस्कार राशिमा पनि वृद्धि गरेको छ । धर्मश्री च्याम्पियनले १२ लाख रुपैयाँ जित्नेछन् । अघिल्लो संस्करणभन्दा २ लाख बढी हो । ओभरअलमा दोस्रोले ६ लाख, तेस्रोले ३ लाख, चौथोले २ लाख, पाँचौंले १ लाख ८० हजार र छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० केजी र ८० केजीमाथि गरी ६ तौल समूहका विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसको विजेता नै धर्मश्री च्याम्पियन हुने प्रावधान छ । तौल समूहतर्फ दोस्रोले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौंले २० हजार र छैटौंले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मेन्स एथलेटिक्स फिजिक्स १७० सेमिमुनि र १७० सेमिमाथि तथा महिला बडीबिल्डिङ खुला गरी तीन विधामा समान विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौले ४० हजार र छैटौंले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

५० वर्षभन्दा माथि खुला मास्टर विजेताले १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार जित्नेछन् ।

धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ । 

कान्तिपुर

Link copied successfully