भ्यालेन्सियामाथि रियलको नाटकीय जित

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Real's dramatic win over Valencia

काठमाडौँ — दस खेलाडीमा सीमित रियल म्याड्रिडले स्पेनी ला लिगामा शुक्रबार भ्यालेन्सियालाई नाटकीय रूपमा २–१ ले पराजित गरेको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

इंग्लिस मिडफिल्डर जुड बेलिङघमले ९५ औं मिनेटमा निर्णायक गोल गरे । त्यस अगाडि उनी पेनाल्टी चुकेका थिए । भ्यालेन्सियाले २७ औं मिनेटमा ह्युगो डुरोको गोलले अग्रता लिएको थियो । भ्यालेन्सियाले गत साता मात्रै आफ्नो नयाँ प्रशिक्षकमा कार्लोस कोरबेरनलाई नियुक्त गरेको थियो ।

उनको नेतृत्वमा पहिलो खेलमै भ्यालेनिसया जिततर्फ अग्रसर देखिएको थियो । रियलले ७९ औं मिनेटमा रातो कार्डमा भिनिसियस जुनियरलाई गुमाएपछि थप दबाबमा परेको थियो ।

तर लुका मोडरिचले ८५ औं मिनेटमा गोल गरेपछि रियल खेलमा फर्केको हो । यो जितपछि रियलको १९ खेलबाट ४३ अंक भएको छ । छिमेकी एटलेटिको म्याड्रिडको ४१ अंक छ । उसले एक खेल कम खेलेको छ । बार्सिलोना ३८ अंकमा तेस्रो स्थानमा छ । 

कान्तिपुर

Link copied successfully