इस्टपोललाई नगरस्तरीय सिल्ड

पुस २०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि इस्टपोल माविले जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, १४ रजत र १० कांस्यसहित इस्टपोल च्याम्पिनय भयो । ९ स्वर्ण, ६ रजत र ५ कांस्य पदक जितेको मनकामना मावि दोस्रो तथा ६ स्वर्ण, ८ रजत २ कांस्यसहित चामुण्डा मावि तेस्रो भएको थियो ।

कुल ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिकाभित्रका ३४ विधालयले भाग लिएका थिए । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामालगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully