काठमाडौँ — डेनजेल डुमफ्रेसले गरेको दुई गोलको मद्दतले इन्टर मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ ।
नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडीले ४९ औं मिनेटमा पहिलो गोल गरेपछि ६१ औं मिनेटमा दोस्रो गोल थपे । सिरी ‘ए’ डिफेन्डिङ च्याम्पियन इन्टरको यो जित अहिले लिगको शीर्ष स्थानमा रहेको एटलान्टामाथि सहज रह्यो ।
इटालियन सुपरकप साउदी अरेबियाको रियादमा चलिरहेको छ र यो चार टिमको प्रतियोगिता रहेको छ । अर्को खेलमा युभेन्ट्स र एसी मिलान भिड्ने छन् र यसको विजेताले इन्टरको सामना गर्नेछ ।
साउदी अरेबियाले इटालीको यो घरेलु प्रतियोगिताको आयोजना गरेको यो लगातार तेस्रो पल्ट हो । युभेन्ट्स गत वर्षको प्रतियोगिताको विजेता हो ।
