दार्चुला — अपिहिमाल गाउँपालिकामा सञ्चालित पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महादेव माध्यमिक विद्यालय घुसा प्रथम भएको छ ।
महादेव माविले प्रतियोगितामा १६ स्वर्ण, १० रजत र २ कास्यपदक सहित प्रथम भएको हो । पुस १५ गतेबाट गाउँपालिका–४ खात्तीस्थित सम्तेलीचौड खेल मैदानमा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा महादेव मावि घुसा प्रथम, भवानी मावि सौगन्ना द्वितीय र खण्डेश्वरी मावि तृतीय भएका खेल प्रशिक्षक भोजराज जोशीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा द्वितीय स्थान ल्याउने भवानी मावि सौगन्नाले १० स्वर्ण, ६ रजत प्राप्त गरेको छ भने खण्डेश्वरी माविले ८ काश्य र ३ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त गरी तृतीय भएको छ । प्रतियोगितामा छिपुलकेदार मावि धंकले एक स्वर्ण, ५ रजत र ७ काश्य पदक सहित सान्त्वना स्थान प्राप्त गरेको छ ।
