काठमाडौँ — नेपालले घरेलु मैदानमा वुमेन्स फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जनाएअनुसार चार टिम सम्मिलित हुने महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता दशरथ रंगशालामा हुनेछ ।
नेपाल एएफसी एसिया कप २०२६ को छनोट खेल्ने क्रममा छ र फोर नेसन्स कप त्यसको तयारीका रूपमा पनि रहनेछ । प्रतियोगिता फागुन ४ देखि १५ सम्म हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुने टिममा नेपालसँगै कीर्गिस्तान, लेवनान र म्यानमार रहेका छन् । यी खेल फेब्रुरीको फिफा विन्डोको बेला हुन लागेको हो । नेपालले सन् २०२४ मा दशरथ रंगशालामै वुमेन्स साफ च्याम्पिनयनसिपको आयोजना गरेको थियो ।
नेपाल त्यसको फाइनल पुगे पनि उप–विजेतामै सीमित रहेको थियो ।
