सोतोकान कराँते टोली कोलकातातिर

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Sotokan Karate Team to Kolkata

काठमाडौँ — भारतको कोलकातामा हुने ३३ औं खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालका ३० खेलाडीसहित कराँते टोलीले भाग लिने भएको छ ।

जनवरी ४ देखि ५ सम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सन्जीव वाइबा, सफल मगर, बादल लामा, सविर पोखरेल, अनिश विक, प्रदीप राई, सन्देश खड्का, गौतम भण्डारी, रिकेश बोहरा, विवेक गुरुङ, सुमित धिमाल, अविरल राई, मनीष वाइबा, अशोक भट्टराई, विनोद चौधरी, जाग्रिती थापा, सायना न्यौपाने, अब्रिस्ती महर्जन, नयना मानन्धर, सन्जना भुजेल, प्रविका मानन्धर, गुन्जन थापा, शुभेच्छा विक, युनिशा भुजेल, जस्मिना खड्का, नविना स्याङ्तान, करिश्मा मानन्धर र काजल राईले प्रतिस्पर्धा गर्नेछन् ।

अफिसियलमा नेपाल सोतोकान कराँते संघका महासचिव श्याम शेर्पा र प्रशिक्षकमा कृष्णकुमार मानन्धर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै बिदाई गरे । टोली बुधबार नै कोलकाता प्रस्थान गरेको छ ।

कान्तिपुर

Link copied successfully