काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा ध्रुव आचार्यलाई नियुक्त गरिएको छ ।
मंगलबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले रिक्त राखेप उपाध्यक्ष पदमा रूपन्देहीका आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष हुन् ।
उपाध्यक्ष शिव कोइरालाको पदावधि सकिएको झन्डै दुई महिनापछि सरकारले उपाध्यक्षमा पदपूर्ति गरेको हो ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले राखेप बोर्ड सदस्यहरू नियुक्त गरेको थियो ।
