सिरहामा जनकपुर बोल्ट्सले मनायो विजय उत्सव

पुस १५, २०८१

विनय आजाद

Janakpur Bolts celebrated victory in Siraha

सिरहा —  नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्सले सोमबार सिरहामा विजय उत्सव मनाएको छ ।

बोल्ट्सले सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएको हो । बोल्ट्सका खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौं समर्थकहरू थिए ।  

Janakpur Bolts celebrated victory in Sirahaयसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो । 

Janakpur Bolts celebrated victory in Sirahaजनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully