काठमाडौँ — राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । ड्रिम अनका प्रबन्ध निर्देशक भीमबहादुर थापा र अन्जनाबीच सोमबार एकवर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा आर्थिक पक्षबारे खुलाइएको छैन । सम्झौताअनुसार अञ्जना ड्रिम अनको प्रचार हुने विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
उनले महिला खेलाडीहरूले यस किसिमको अवसर कम पाउने हुनाले सम्झौताबाट आफू निकै खुसी रहेको जनाइन् । सम्झौताबाट प्राप्त रकमले फुटबल खेल्न आर्थिक रूपमा सहयोग पुग्ने उनको दाबी थियो ।
राष्ट्रिय टोलीकी सदस्य अन्जनाले त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन् ।
