काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चाँडै यू–१६ लिग हुँदैछ र त्यसमा सहभागी हुने एउटा टिम थ्री स्टारले त्यही प्रतियोगिताका लागि आफ्ना समर्थकबाट प्रायोजन पाएको छ ।
अस्ट्रेलियामा रहँदै आएका अरुण तिवारीले आफ्नो कम्पनी सिल्भर रे रिअल्टीबाट त्यस टिमका लागि जर्सि प्रायोजन गरेका छन् ।
पाटन दरबार क्षेक्रमा आयोजित कार्यत्रमबीच कम्पनी सिल्भर रे रिअल्टीका निर्देशक पनि रहेका अरुणले थ्री स्टार अध्यक्ष ज्ञानबहादुर शाक्यसँग प्रायोजनको अनुबन्ध समेत गरेका छन् । अरुण कुनै समय थ्री स्टारको आधिकारिक समर्थकको क्लब ‘वि आर स्टार्स’ का अध्यक्ष समेत थिए ।
त्यस क्रममा यू–१६ लिगमा थ्री स्टारले लगाउने जर्सि पनि सार्वजनिक गरिएको छ । त्यस जर्सिमा प्रयोग गरिएको रंग र स्वरूप थ्री स्टारले पहिलो पटक सहिद स्मारक लिग ए डिभिजन लिग खेल्दाको ढाँचाबाट प्रभावित रहेको छ ।
